• Friday 16th of October 2026

काठमाडौँको नमस्ते सहकारीका प्रबन्धक इन्टरपोलमार्फत कतारबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–३२, तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकलाई इन्टरपोलमार्फत कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ।

नेपाल प्रहरीका अनुसार बाँके, नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुर घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ३८ वर्षीय प्रमोद सिजापतिलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी माघ २६ गते नेपाल फिर्ता ल्याइएको हो।

उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनका लागि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖