• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कवाडी पसलमा भीषण आगलागी


  • धनकुटा खबर
  • .

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ ।

शनिवार दिउँसो २ बजेदेखि सुरु भएको आगो नियन्त्रणको प्रयास भइरहेको जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।

आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीबाट कवाडी सङ्कलन केन्द्रमा राखिएका सामग्रीहरू नष्ट भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖