काठमाडौं । काठमाडौंको एक होटलमा शनिबार अपरान्ह एक महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका ९ स्थित एक होटलमा ती महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ४५/५० वर्षीय महिला मृत फेला परेकी हुन् । अहिलेसम्म उनको पहिचान नखुलेको र घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार ती महिला एक पुरुषसँगै कोठामा बसेकी थिइन् ।
ती पुरुष भने घटनापछि त्यहाँ भेटिएका छैनन् । महिलाको मृत्युपछि पुरुष फरार रहेको र उनको पहिचान भने पत्ता लागिसकेको एक प्रहरी अधिकारीले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
