• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

इमाडोलमा एकै घरका तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

ललितपुर । ललितपुरको इमाडोलमा एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-३ मा शनिबार अपराह्न दुईजना बालबालिका र उनीहरूकी आमाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनको एक ६ वर्षीय छोरा र दुई वर्षकी छोरीको मृत्यु भएको छ । रविनाले तीन तलाबाट हाम फालेको बताइएको छ । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किस्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए ।

यस्तै घरकै कोठामा उनका छोरा र छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रविनाले आत्महत्या गरेको घटनाको प्रकृतिले देखिएपनि दुई सन्तानको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।-सुन्दर शिल्पकार/कान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖