• Friday 16th of October 2026

फरार अभियुक्त चलाउनेसँग सीआइबीका डिएसपीको सम्बन्ध देखिएपछि आयोगले लियो बयान, कहाँ छन् चलाउने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । ६० किलो सुन तस्करीका फरार अभियुक्त जीवन चलाउनेसँग सम्बन्ध देखिएको भन्दै सीआइबीका डीएसपी रुगम कुँवरसँग सुन तस्करी छानबिन आयोगले बयान लिएको छ।

आयोग स्रोतका अनुसार फरार चलाउने र डीएसपी कुँवर एउटै ठाउँका हुन् । सीआइबीमा सामान्य भन्दा लामो समय बसेका कुँवरले चलाउनेलाई हिरासतमा नराखी दुबई भगाएको देखिएपछि बयान लिइएको आयोग उच्च स्रोतका दाबी छ।

६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग नियमित कारोबार गरेको तथा तस्करीको योजना बनाएको म्यासेज तथा संवाद प्रमाण हुँदा पनि चलाउनेलाई सामान्य बयान पछि हिरासतमा राखेको देखिएन’। आयोग स्रोत भन्छ ‘बरु भोलिपल्टै भगाउन सीआइबीकै अधिकारी जिम्मेवार देखिए’।

सुन तस्करीमा मुद्धा चलाउन पुग्ने प्रयाप्त प्रमाण हुँदा हुँदै डीएसपी कुँवरलेनै चलाउनेलाई भगाएको पुष्टि भएपछि बयानका लागि बोलाएको बताईएको छ।

चलाउनेलाई हिरासतमा नराखी भगाएको विषयमा सीआइबीका प्रमुख एआइजी किरण बज्राचार्यको भूमिका पनि शंकास्पद देखिएको आयोगको दाबी छ। चलाउने र दावा छिरिङको सुन तस्करीको कनेक्सन सिधाकुराको गोल्ड माफिया इन्भेष्टिगेशन सिरिजले खुलासा गरेको थियो।

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी

चलाउनेले चीनियाँ तस्करले ल्याएको सुन भारत पठाउने र दावा समुहको रकम दुबई हुँदै हुण्डी गरेर अमेरिका पठाउने गरेको पाइएको थियाे । -सिधाकुरा

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖