• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यात्रुलाई अपशब्द प्रयोग गर्दा चालक र सहचालक हिरासतमा


  • धनकुटा खबर
  • .

काठमाडौं । सार्वजनिक यातायातका सवारी चालक र सहचालकले यात्रुलाई अपशब्द प्रयोग गर्दा प्रहरी हिरासत पुगेका छन् ।

काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित सार्वजनिक स्थानमा बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले भेदभाव पूर्ण र अपमानजनक व्यवहार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, उनीहरुविरुद्ध अपशब्द प्रयोग गरेर गालीगलौज गरेको जिकिरसहित मुलुकी अपराध संहिता, २०७४ को दफा १६० बमोजिम कारबाही गर्न भन्दै प्रहरी वृत्त, बानेश्वरमा किटानी जाहेरी परेको थियो ।

त्यसपछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको थियो ।

पक्राउ परेपछि प्रहरीसमक्ष बयान दिँदै सहचालक विक्रमले तिनकुनेमा जाहेरी दिने व्यक्तिलाई ‘भैया जाने हो’ भनेको उल्लेख गरेका छन् । त्यसपछि उनले विवाद गरेको र त्यही क्रममा चालक शेकबहादुर पौडेलले पनि बसबाट झरेर गाली गलौज गरेको बिक्रमको बयान छ ।

अहिले दुवैको बयान र अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा जातको आधारमा छुवाछुत वा भेदभावपूर्ण व्यवहार गर्नु नहुने कसूरमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖