काठमाडौं, २८ माघ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता आजकै मितिदेखि लागू हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।
रामग्राम भगवान गौतम बुद्धको अस्थिधातु राखिएका आठ स्थलमध्ये एक मानिन्छ।
लुम्बिनी विकास कोषले उक्त स्थानको ११६ बिघा जग्गा प्रमिस्ड ल्यान्डलाई ९९ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।
