• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको नाममा बुक भएको गौशालाको गेस्ट हाउसमा भेटियो महिलाको शव


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले गौशालाको विजयचोकस्थित एक गेस्ट हाउसमा मृत भेटिएकी महिलाको हत्या भएको आशंका गरेको छ ।

शनिबार सिरहा–धनुषा गेस्ट हाउसमा ३५–४० वर्षकी देखिने एक महिलाको शव फेला परेको थियो ।

तर, ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । मृत भेटिएकी महिला बस्ने कोठा सन्दीप लामाको नाममा बुक भएको खुलेपछि महिलाको हत्या भएको आशंका प्रहरीले गरेको हो । लामा हाल फरार छन् ।

प्रहरीका अनुसार शुक्रबारदेखि महिला र सन्दीप कोठामा बसेको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖