• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सिँचाइको योजनामा भ्रष्टाचार गरेको भन्दै कालोमसो र चप्पलको माला


  • धनकुटा खबर
  • .

धनगढी । डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई कालोमसो र चप्पलको माला लगाइएको छ ।

आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई कालोमसो दलेको प्रहरीले जनाएको छ ।

डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार कार्कीले २०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई वैद्य नेतृत्वको पार्टीका व्यक्ति हौँ भन्दै आएको समूहले कालोमसो दलेको बुझिएको बताए । तर कालोमसो दल्ने काममा संलग्न व्यक्तिहरुको पहिचान भने नभएको कार्कीले बताए ।

महरलाई कालोमसो दलेको भिडियो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन दलालहरुलाई यस्तै हुन्छ, कारवाही हुन्छ । अबदेखि यस्तो नगर्न भनिएको सुनिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖