• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

घुससहित रंगेहात पक्राउ परेका वडाध्यक्ष बादे १५ लाख धरौटीमा छुटे


  • धनकुटा खबर
  • .

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे १५ लाखमा धरौटीमा रिहा भएका छन् ।

सेवाग्राहीबाट १५ लाख रूपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष बादे धरौटीमा रिहा भएका हुन् ।

बादेलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख रूपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो ।

आइतबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगोबराबरको धरौटी रकम बुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको बताइएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖