पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको ह’ त्या भएको पुष्टि भएको छ। ह’ त्या आरोपमा पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरा पक्राउ परेका छन्।
बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको ह’ त्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन मार्फत बिहीबार ह’ त्याका अभियुक्त पुर्चौंडी नगरपालिका ३ न्वादेउका प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरु दुवै जना श्रीमान–श्रीमति हुन् । विमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। प्रहरीका अनुसार शिक्षक विष्ट सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए भने विमला भने तल्लो तलामा बस्दै आएकी थिईन।
पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अ’ भद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको ह’ त्या गरेको विमलाका पति प्रजाले स्वीकार गरेका छन्। प्रजाले प्रहरीलाई दिएको वयान अनुसार पुस १ गते राति विमला शौचालय जान्छु भनेर बाहिर निस्केकी थिईन। तर, ढिलो गरेपछि प्रजा उनलाई खोज्दै गएका थिए ।
