• Friday 16th of October 2026

भृकुटीमण्डपमा दुर्गा प्रसाईँको सभा बिहान ११ बजेपछि, यी स्थानबाट निस्कदैछ जुलुस


  • धनकुटा खबर
  • .

काठमाडौं— व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ। काठमाडौंको भृकुटीमण्डममा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो । कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट सहभागी बोलाएको छ ।

सभामा सहभागी हुन प्रसाईँले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् । तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ। कसैले सकारात्मक जवाफ दिएका छैनन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईँको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन् ।
प्रसाईँको कार्यक्रमप्रति राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन् । आजको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ । कार्यक्रम बिहान ११:३० मा सुरु गरी साँझ ५ बजेभित्र सक्ने योजना छ ।

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ ।

त्यस्तै अन्य टोलीहरू क्रमश: चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖