• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दुबई जान लागेकी युवती अवैध मुद्रासहित विमानस्थलबाट पक्राउ


  • धनकुटा खबर
  • .

विदेशी मुद्रासहित दुबई जान लागेकी यात्रुसहित दुई जना पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो।

सोमबार काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ की १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै ३४ वर्षीया माइला स्याङ्बो पनि पक्राउ परेका छन्।

विमानस्थलको प्रस्थानमा ब्यागेज चेकिङको क्रममा सुस्मिताको झोलाबाट विभिन्न दरको एक लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम फेला परेको थियो।

लुकाएर बाह्य मुलुकमा लैजान लागेको अनुमानमा प्रहरीले सुस्मितालाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गर्दा माइला स्याङ्बोले दिएको भन्ने खुलेपछि विमानस्थल गेटबाट माइलालाई पनि पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धानका लागि मंगलबार राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖