• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

झापामा ८ महिने शिशुको हत्या आरोपमा आमासहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

झापामा ८ महिने शिशुको हत्या गरेको आरोपमा आमासहित दुई जना पक्राउ परेका छन्।

दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बिसी हट नम्बर ४३२ बस्दै आएका ५० वर्षीय पञ्चवीर घिसिङ र शिशुको आमा सुष्मिता विश्वा पक्राउ परेका हुन्।

सुष्मिता पञ्चविरकै घरमा बस्दै आएकी थिइन्।

माघ २९ गते साँझको साढे ७ बजे पञ्चविरले ८ महिनाको शिशुलाई पछारेका थिए। त्यसपश्चात अचेत अवस्थामा शिशुलाई दमक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डी गिरीले जानकारी दिए।

‘अस्पतालले शिशुको मृत्यु घोषित गरेपछि दुवैजनालाई पक्राउ गरिएको हो,’ उनले भने।

शिशुको लास दमक अस्पतालको शव गृहमा राखिएको छ।

शिशुको आमालाई पनि शंका लागेर प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। घटना भएको दिन दुवैले मदिरा सेवन गरेको पाइएको गिरीले जानकारी दिए।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖