• Saturday 17th of October 2026

एकीकृत समाजवादीका दुई पोलिटब्युरो सदस्य एमालेमा फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं– नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमा फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई मंगलबार पार्टीमा स्वागत गरे ।

उनीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी पापको कुण्ड नै भएको आरोप लगाए । ‘तपाईँहरू रहनु भएको ठाउँ पापकुण्ड नै थियो । तपाईँहरू पापकुण्ड बाट मुक्त हुनुभएको छ,’ ओलीले भने, ‘देशका विरुद्ध काम गर्ने समूह, कम्युनिस्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो ।’
उनले फर्केर आएकाहरूलाई उचित जिम्मेवारी पनि दिने बताए ।

‘हिप्नोटिजम्बाट खारिएर साथीहरू आउनु भएको छ । अबको जिन्दगी अलमलिनु हुँदैन ।

यहाँ पक्षपात, भेदभाव हुँदैन ।ट्रेडमिलमा दौडिए जस्तो पसिना–पसिना बनाएर दौडिने अनि कहाँ पुगियो भन्दा त्यही भयो भनेचाहिँ हुँदैन,’ ओलीले भने ,‘योजनाविहीन ढंगले गन्तव्य कहाँ हो भन्ने नभई कुदियो भने त्यो ट्रेडमिलमा दौडिए जस्तो मात्रै हुन्छ । योजना बनाएर लक्ष्य बनाएर दौडिनुहोला ।

त्यो भयो भने मात्रै लक्ष्य प्राप्त गर्न सकिन्छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖