दाङमा स्कारपियोको ठक्करबाट साइकलमा यात्रा गरिरहेका दिदी बहिनीको मृत्यु भएको छ ।
बुधबार अपरान्ह साढे ४ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ पिपरीमा पूर्वबाट पश्चिम तर्फ गईरहेको प्र ३–०१–०२२ च १३६९ डब्बल क्याप स्कारपियोले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा साइकलमा सवार प्यूठान झिमरूक गाउँपालिका १, गोवडी घर भई हाल राप्ती गाउँपालिका ८ पिपरी बस्ने ३५ वर्षिय राधा बस्नेत र उनकी बहिनी १६ बर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
उनीहरु दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो । गम्भीर घाइते भएकी रियाको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने विपनाको सिसहनिया अस्पतालमा उपचार पछि थप उपचारकालागि रुपन्देही स्थित क्रिसमस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
