• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पेस्तोल सहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

रूपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित भटौलिया मझौनी सडक खण्डबाट अवैध हातहतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका दुई जनालाई खानतलासी गर्दा एक जनाको साथबाट खल्तीमा राखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा बर्दघाट १३ बस्ने अजय अहिर र उनीसँगै रहेका सोही ठाउँकै कमल चौधरी रहेको प्रहरीले जनाएको छ । अजयको साथबाट पेस्तोल बरामद भएको जनाइएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट बुधवार हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖