• Saturday 17th of October 2026

पर्यटनमन्त्री किरातीले किन गरे एक्कासी पद छाड्ने कुरा ?


  • धनकुटा खबर
  • .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफ्नोको लागि मन्त्री पद ठूलो कुरा नभएको बताएका छन् ।

उनले आफू पद छोड्न तयार रहेको बताएका छन् । बुधबार शेर्पा पर्यटन व्यवसायी संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफू पद छोड्न तयार रहेको बताएका हुन् । सो क्रममा उनले काम गर्न नसक्ने र परीणाम निकाल्न नसक्ने मन्त्रीहरुलाई फिर्ता बोलाउँदा हुने पनि धारणा राखे ।

सम्बोधनको क्रममा मन्त्री किरातीले भने–‘ समग्र विकासको निर्धारण राजनीतिले गर्छ । सरकार छिटो–छिटो फेरबदल हुने अस्थिर राजनीतिले बर्षौ देखि थोपारिएको समस्याको चाङ माथि छौँ । अब सरकारले प्रधानमन्त्रीको अगुवाइमा गति बढाउँछ । परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेरि दिँदा हुन्छ । मन्त्री कुनै मान्छेको लागि पालो पु¥याउनु मात्र होइन । देश र जनतालाई परिणाम दिनु मुख्य कुरा हो । म अहिले पद छाड्न तयार छु । किनकि म भन्दा माथि देश छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖