• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जंगलमा मृत भेटिए प्रहरी हवल्दार


  • धनकुटा खबर
  • .

रुपन्देहीको बुटवल जंगलमा नेपाल प्रहरीका एकजना हवल्दार मृत फेला परेका छन्। प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको बुटवलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए।

‘हाम्रो अनुसन्धानमा उनी काठमाडौँबाट नेपालगन्ज फर्किंदै गर्दा एक्लै जंगलमा झरेको देखिन्छ्,’ एसपी विकले भने, ‘हामीले पुस २९ गते बुटवल उपमहानगरपालिका- ७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव भेटेका हौँ। हामीले भेट्दा शव सडिकसको अवस्था थियो।’

ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको एसपी विकले बताए।

‘उनको मानसिक अवस्था ठिक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन्। जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ एसपी विकले भने।

ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिलगेका उनले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖