• Friday 16th of October 2026

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ


  • धनकुटा खबर
  • .

कञ्चनपुरमा जबरजस्ती करणी गरेकाे आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्।

बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेकाे प्रहरीले जनाएको हाे।
उनले मंगलबार राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेकाे थियो।

साेही उजुरीका आधारमा प्रहरीले उनलाई साेही दिन नै प्रकाउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖