• Saturday 17th of October 2026

एमाले धादिङमा भूमि त्रिपाठीको प्यानलै निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाएका छन् ।

विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया केन्द्रले नै हस्तक्षेप गरेर नयाँ अध्यक्ष मण्डल बनाएपछि सुरु भएको थियो । कमिटीका अधिकांश पदाधिकारी र सदस्य पनि त्रिपाठी प्यानलकै निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षममा त्रिपाठी प्यानलकै अर्जु श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖