• Saturday 17th of October 2026

माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य १९९ जनाको हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य १९९ जनाको हुने भएको छ।

चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो घोषणा गरेका हुन्।

माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖