• Saturday 17th of October 2026

एमालेका केन्द्रीय सदस्य महर र फारुकीको राजीनामा स्वीकृत


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका दुई जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन् ।

केन्द्रीय सदस्य सिराज अहमद फारुकी र ऐन महरले पार्टीमा दिएको राजीनामा स्वीकृत समेत भएको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महर र फारुकीले दिएको राजीनामा स्वीकृत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महर र फारुकी विभिन्न काण्डमा मुछिएका थिए । महर काण्डबारे यसअघि रातोपाटीले समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖