• Saturday 17th of October 2026

महासमितिमा प्रस्तुत हुने तीनवटै प्रस्तावमा केन्द्रीय सदस्यबाट सुझाव लिँदै कांग्रेस


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसले महासमिति बैठकमा पेश हुने तीनवटै मुख्य प्रस्तावमा केन्द्रीय सदस्यबाट सुझाव लिने भएको छ । महासमिति बैठकमा पेश गर्नुअघि उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको मुख्य प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूबाट कांग्रेसले लिखित सुझाव लिन लागेको हो ।

यसको लागि आज केन्द्रीय कार्यालय सानेपामा ९ बजेपछि बैठक बोलाइएको जानकारी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले दिए । ‘दुइटा प्रस्ताव हिजो प्रस्तुत भएका छन् । महामन्त्री शर्मामो प्रस्ताव पनि पूर्ण तयार भएपछि आज प्रस्तुत गर्ने र केन्द्रीय सदस्यबाट सुझाव लिएर महासमितिमा पेश गर्न अन्तिम रूप दिने तयारी छ,’ शर्माले लोकान्तरसँग भने, ‘केन्द्रीय सदस्यबाट लिखितसहितका सुझाव लिएपछि तीनवटै प्रस्ताव महासमितिमा पेश गर्ने तयार हुन्छन् ।’

उपसभापतिको खड्काको मुख्य नीतिसम्बन्धी प्रस्तावमा राजनीतिक, सामाजिक, आर्थिक रूपमा सामना गर्नुपरिरहेको चुनौतीसहितका विषय उल्लेख गरिएका छन् ।

महामन्त्री थापाले पार्टीका संरचना प्रभावकारी रूपमा चलायमान नभएको भन्दै योजनावद्ध रूपमा अगाडि जानुपर्ने विषय उल्लेख गरेका छन् । १४औं महाधिवेशन २०८२ मंसिरमा गर्ने गरी थापाले कार्यतालिका नै पेश गरेका छन्।

यसअघि गरिएको गठबन्धन बाध्यात्मक भए पनि अब कांग्रेसले चुनाव अघि कुनै पनि गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन् । हरेक विषयमा स्प्ष्टता र हरेक विषयमा अग्रताको दृष्टिकोण पार्टीले राख्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖