काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले प्रधानमन्त्री र आफूबीच बेमेल नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री महतले कतिपय विषयमा बुझाइ फरक परे पनि छलफलपछि एउटा निष्कर्षमा पुग्ने गरेको बताए ।