• Saturday 17th of October 2026

शिक्षक र कर्मचारीलाई कांग्रेसको सदस्यता नदिन गगनको प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौं,४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

कांग्रेसको आसन्न महासमितिको बैठकका लागि सांगठनिक प्रतिवेदन तयार पारेका थापाले उक्त प्रतिवेदनमा शिक्षक र कर्मचारीलाई पदमा बाहल रहँदासम्म पार्टीको सदस्यता नदिने व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

महामन्त्री थापाले पार्टीको सदस्यता लिन कानूनले बन्देज गरेको अवस्थामा पार्टीका भातृ संगठनहरुमा विधान बदलेर सदस्यता नदिने व्यवस्था गर्न उनले प्रस्ताव गरेका छन् । महासमिति बैठकको लागि तयार पारेका सांगठानिक प्रतिवेदन केन्द्रीय समिति जारी बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘प्रचलित कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारीलगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरतामा ठूलो अलमल छ, अब यस्तै अलमललाई निरन्तरता दिने कि बदल्ने ?’

यस्तै, पार्टीमा वा पार्टीमार्फत् जिम्मेवारी लिन चाहेमा कानूनबमोजिम रित पुर्‍याएर आएपछि निजले आफ्नो संस्थामा सदस्य रहेर गरेको कार्यअवधिलाई समेत क्रियाशीलता र योग्यताको मापनको आधार बनाउने, पार्टीको केन्द्रीय समितिदेखि विभिन्न तहमा पेशागत, विशेषज्ञता र विधागत प्रतिनिधित्वको लागि छुट्टै निश्चित संख्याको अनुपातमा कलस्टरको व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖