काठमाडौं, ४ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको ठोकुवा गरेका छन् ।
आज (शुक्रबार) समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको ‘समाजवादः अबको बाटो’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितको हत्या नै भएको दाबी गरेका हुन् ।
‘कमरेड मदन भण्डारी र जीवराज आश्रितको हन्ड्रेड पर्सेन्ट हत्या भएको हो,’– उनले भने ।
