• Saturday 17th of October 2026

‘ह्यारेसमेन्ट’आरोप लागेपछि कृष्ण कँडेलको पत्रकार सम्मेलन, यस्तो छ प्रष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं,४ फागुन । चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । इन्द्रेणीमै कार्यरत रहेका केही कर्मचारीहरुले ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै कँडेलले आफूमागि लागेको सबै आरोपको खण्डन गरेका हुन् ।

इन्द्रेणीले कामबाट निकालेका शर्मिला श्रेष्ठसहितका ६ जना कलाकारले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै तथानाम आरोप लगाएका थिए । उक्त आरोपपछि कँडेलले पनि पत्रकार सम्मेलनको आयोजना गर्दै प्रष्टीकरण दिएका हुन् ।

बिहीबार श्रेष्ठले बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित भिडियोमा इन्द्रेणी कार्यक्रममा आफूमाथि हिंसा भएको आरोप लगाएकी थिईन् । उक्त आरोपपछि कँडेलले आज पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ’, कँडेलले भने, ‘त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नुभयो ।’

शर्मिलाले कँडेलले आफ्नो कोठामा जान खोजको, तर आफूले नलगेपछि धेरै काममा खटाएको आरोप पनि लगाएकी थिर्यन् । सबै कर्मचारीको कोठामा जाने गरेको आरोपलाई उनले आंशिक स्वीकार गरे ।

कँडेलले भने,- ‘परेको बेलामा काम विशेषले साथीभाइको कोठामा गइयो होला । गइन्छ पनि । त्यसैलाई लिएर ह्यारेसमेन्ट भन्न मिल्छ ?’

उनले आफूले गल्ती नगरेको भन्दै बरु सत्यतथ्य छानबिन गर्न पनि चुनौती दिएका छ्न । ‘इन्द्रेणी सबैको रुने ठाउँ हो । मैले कसैलाई अन्याय गरेको छैन । कसैलाई नचाहिँदो तवरबाट निकालेको छैन’, कँडेलले भने ‘मेरो बारेमा नेगेटिभ कुरागर्ने, गुटबन्दी गर्ने, काट्छु र मार्छु भनेपछि के गर्ने । मैले कसैको पैसा लिएर खाएको छ भने छानबिन गर्न सरकारलाई निम्तो दिन्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖