• Saturday 17th of October 2026

कोशी प्रदेशको नाम ‘कोकीली’


  • धनकुटा खबर
  • .

विराटनगर । नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशको नाम कोकीली राख्न प्रस्ताव गरेको छ ।

इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेशमा देखिएको नामकरण विवादको समाधानका लागि कोकिली नाम राख्न प्रस्ताव गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेसम चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको महासचिव ठाकुर सिंह थारूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ‘प्रदेश नं. १ को नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रदेश सरकारले जबरजस्त रूपमा नामकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किराँत, लिम्बुवान प्रदेश (कोकिली) नामकरणका लागि पहल गर्ने ।’

विज्ञप्तिमा कोकीली नामका राख्ने बारे पहिचानवादी सङ्घसंस्था र सबै राजनीतिक दलहरूसँग निरन्तर छलफल चलाउने समेत निर्णय गरेको छ ।सचिवालय बैठकले २०८१ मा हुने सङ्घ, प्रदेश र स्थानीय तहको उ प–निर्वाचनबारे छलफल गरी पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।

गएको फागुन १७ गते प्रदेशको नामक कोशी राखिएपछि प्रदेशमा पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा एक जनाको मृत्यु समेत भएको छ । भने केही दिन अघि सरकार र प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिका बिचमा वार्ता समेत भएको छ ।

वार्तामा आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप फेर्ने र सरकारले संविधान सम्मत प्रदेशको पुन नामकरणका लागि पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖