• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जब ससुराको शुक्रकीटबाट बुहारीले सन्तान जन्माइन


  • धनकुटा खबर
  • .

लन्डन ।इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकीट मिसाएका छन् ।

ससुराको शुक्रकीटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा भएको छ । हंगामा समुहले छाेराकाे डिएनए परीक्षण गर्नु पर्ने भन्दै परिवारलाई दबाब बढाएका छन् ।

कानुनी कारणहरूका लागि व्यक्तिको नाम दिइएको छैन। तर, अदालतका कागजातहरूमा पीक्यूको रूपमा मात्र पहिचान गरिएको छ।

गार्जियनका अनुसार पीक्यू र उनकी श्रीमती जेकेलाई गर्भावस्थासँग सम्बन्धित समस्या थियो। त्यसैले उनी आफ्नो बुबा (ससुरा) को शुक्रकीटमा मिसाउन राजी भए, त्यसपछि महिलामा सुई लगाइयो। न्यायाधीशलाई यस बारे जानकारी दिइएको थियाे र यसलाई सधैं गोप्य राख्ने उद्देश्य राखिएको थियो।

जसका कारण गर्भावस्था पछि महिलाले छोरालाई जन्म दिइन्, जो अहिले पाँच वर्षको छ। अदालतका कागजातको रुपमा त्यो छोराका नाम डी हो।

तर, स्थानीय परिषद्लाई गर्भावस्थाको अवस्थाको बारेमा जानकारी गराए लगत्तै सो बच्चाको आमाबाबुलाई पत्ता लगाउन कानुनी प्रक्रिया सुरु भएको छ, जुन निकै समस्या पर्न गएको छ ।

स्थानीय काउन्सिलले उच्च अदालत पुगेर डिएनए परीक्षण गर्न निर्देशन दिन माग गरेको छ। कि डीका पिता को हुन् ? भनेर पत्ता लगाउनु पर्ने भएको छ, जसले गर्दा बेलायतमा नयाँ बहस सुरु भएको छ ।

तर, काउन्सिललाई यस विषयमा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै न्यायाधीशले बिहीबार निवेदन खारेज गरेका छन् ।

डी ले आफ्नो जैविक पिता को हो ? भनेर जान्न चाहन सक्छ, याे पछिकाे कुरा हाे तर स्थानीय काउन्सिललाई जबर्जस्ती गरे पछि अदालतले त्यसो गर्ने अधिकार भने स्थानीयलाई दिइएको छैन। ‘बच्चाको जन्मको सही अभिलेख जान्न सार्वजनिक चासो कायम राख्ने इच्छा यस्तो निवेदनमा व्यक्तिगत चासो भन्दा बढी हुन्छ, तर याे बाध्यकारी छैन,’ न्यायाधीशले भने।

उनले आफ्नो आदेशमा भनेका छन् कि बाबुको पहिचानको निर्णय परिवारको हातमा छ, बच्चाको वास्तविक बाबु को हो भन्ने कुरा बताउन डीएनए परीक्षण गराउने कि नगराउने ? उनीहरूकाे पारिवारिक मामिला हाे तर, स्थानीय अधिकारीले खाेजे झै यो बाध्यात्मक भने छैन ।’

तर, ससुराको शुक्रकीटबाट सन्तान जन्माएको विषयमा बेलायतमा नयाँ चासो र बहस भने सुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖