• Saturday 17th of October 2026

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ६ । आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बानेश्वरस्थित संघीय संसद भवनमा अहिले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यसची रहेको छ । आज सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ

त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

यसैगरी आजै दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश, विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन सम्वन्धी विधेयकको प्रतिवेदन पेश, सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाइ दफावार छलफलको लागि समितिमा पठाइयोस्, राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्वन्ध सम्वन्धी अध्ययन प्रतिवेदन पेस गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖