• Saturday 17th of October 2026

राजेन्द्र महतोले किन उठाए स्वतन्त्र नेवाःल्याण्ड को माग?


  • धनकुटा खबर
  • .

काठमाडाैं। लोसपा का वरिष्ठ नेता राजेन्द्र महतोले सो पार्टीबाट विद्रोह गरी बहुल राष्ट्रिय राज्य नेपाल स्थापनाको लागि “राष्ट्रिय मुक्ति क्रान्ति” को शुरुवात गरेका छन्।

यसै क्रममा काठमाडौं उपत्यकामा भइरहेको आदिवासी नेवाःहरू माथिको विभिन्न अतिक्रमण विरुद्ध संघर्ष गरिरहेका विभिन्न संघ संगठन तथा संघर्ष समितिहरु बीचमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल भएको छ।

गत शुक्रबार भएको एक कार्यक्रममा काठमाडौ उपत्यका का संघर्ष समितिहरु लगाएत नेवाः अभियन्ताहरू र अग्रज नेवाः नेतृत्वहरुको बीचमा उक्त छलफल तथा प्रशिक्षण भएको थियो।

समान नेपालको संयोजनमा भएको छलफल समान नेपालका प्रवक्ता आरके तामाङले स्वनिगःका नेवाः राष्ट्रको आत्मगौरव स्थापनाको लागि नेवाः राष्ट्रिय परिषद विषयमा आफ्नो प्रस्तुति गरेका थिए भने उपत्यका विशेष व्युरोका संयोजक रवीन्द्र कुमार श्रेष्ठले वहुलराष्ट्रिय राज्य स्थापनार्थ संवादात्मक प्रस्तुती शिर्षकका नेवाःहरूको अवको रणनीतिक तथा कार्यदिशा प्रस्तावना पेस गर्नु भएको थियो।

प्रस्तावनाका सन्दर्भमा विभिन्न छलफलहरु भएको छ भने अब नेवाःल्याण्ड स्थापनाको लागि वैचारिक राजनैतिक रुपमा नै अघि बढ्नु पर्ने निश्कर्ष निकालिएको छ। समान नेपालका संयोजक सिएन थारुले कार्यक्रमको समापन गर्दै नेवाःहरूले पटक पटक अरुका लागि लडेको तर पहिलो पटक आफ्‌नो लागि आफैं लड्नको लागि रणनीतिक तथा कार्यनितिक छलफल गरेकोमा शुभकामना व्यक्त गरे।

यसैक्रममा आज फागुन ६ गते झापाको विर्तामोडमा एक छलफल कार्यक्रम राखिएको छ। जसमा नेता राजेन्द्र महतो, संजुहाङ पालुङ्वा, केशव झालगायत वक्ताका रूपमा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖