• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

लसुनको भाउ बढ्यो, प्रतिकिलो थोक मूल्य ३ सय ४० रुपैयाँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको चाइनिज लसुनको मूल्य १८५ रुपैयाँ थियो ।

हाल सो लसुनको मूल्य प्रतिकेजी ३४० रुपैयाँ थोक मूल्य पुगेको छ । नेपालमा हाल नयाँ लसुन नआएकाले लसुनको मूल्यमा वृद्धि भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

हाल बजारमा आपूर्ति हुने लसुन अधिकांश चीनको लसुन रहेको उनको भनाई छ । नेपाली लसुन केही भेटिए पनि बिग्रिएको हुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖