• Saturday 17th of October 2026

भ्रष्टाचारको मुद्दा लागेका पूर्वसचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाखभन्दा धेरै बिगो मागदावी


  • धनकुटा खबर
  • .

काठमाडौं,६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिडिया सेलिब्रेटीको उपमा पाएका नेपाल सरकारका पूर्व खानेपानी सचिव भीम उपाध्यायविरु४ भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले आज उपाध्यायसहित ३ पूर्वसचिव र १५ कर्मचारी गरी १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग दावी गरेको छ ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । त्यस्तै अख्तियारले पूर्वसचिवद्धय सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।

मिडियामा अन्टसन्ट बोलेर सेलिब्रेटीको छवि बनाएका उपाध्याय मेलम्ची खानेपनी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त भ्रष्टाचारमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको अख्तिायरले जनाएको छ।विदेशीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

यस्तै तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

त्यसै गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖