• Saturday 17th of October 2026

भाइरल पूर्वसचिव भीम उपाध्यायसहितका ठूला माछा च्याप्पै


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमा जथाभावी टिकाटिप्पणीका कारण भाइरल बनेका पूर्वसचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचारमा मुछिएका छन् । उनीसहित १५ जना र तीन कम्पनीविरुध्द आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायसहितले एशियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत र कानुनले तोकेभन्दा बढी पटकपटक ठेकेदार कम्पनीलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.सञ्जय शर्मा, सहसचिव गजेन्द्रकुमार ठाकुर,अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा बोर्डका सदस्य मुकुन्दप्रसाद पौडल,सदस्य तथा हाल अध्यागमन बिभाग प्रमुख रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा,समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कँडेलविरुध्द मुद्दा दायर गरेको छ ।

त्यस्तै, तत्कालीन उपसचिव मणिभद्र न्यौपाने, मेघनाथ न्यौपाने, केदारप्रसाद अर्यास, लेखाअधिकृत रामचन्द्र न्यौपाने, निर्देशक भोजविक्रम थापा, तत्कालीन डिपुटी टिम लिडर शिवकुमार शर्मा, परामर्शदाता इप्टिशा सर्भिसेज डे–इञ्जिनियरिज, बेट्स कन्सल्टिङ सर्भिसेज लिमिटेड र निर्माण व्यवसायी सिएमसी डिआई रबिनाविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

अख्तियारले प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैयाँसम्म मागदाबी लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖