• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मलेसियामा नेपाली युवकको निधन


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए ।

आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।

मलेसियामा ६ वर्ष काम गरेर गत असोज महिनामा घर फर्केका विष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेशिया गएका थिए । अर्को पटक घर आउदाँ बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारिमा गएका विष्णु उतै वितेका छन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖