• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राजधानीको बलम्बुमा इन्स्पेक्टरले बोकेको पेस्तोलबाट गोली चल्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको बलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको छ ।

डिउटी सकेर पेस्तोल बुझाउने क्रममा एकाएक बलम्बु प्रहरी प्रभागभित्रै गोली चलेको हो ।

गोली चल्दा उनको निजी सुरक्षा गार्डलाई खुट्टामा गोली लागेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि प्रहरीले इन्स्पेक्टर श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖