• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सोमबारदेखि वर्षाको सम्भावना, शनिबारदेखि मौसम सुधार हुने


  • धनकुटा खबर
  • .

काठमाडौं– सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ।

यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ। त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ। पश्चिमी वायु नेपाल छिरिसकेकोले अधिकांश स्थानमा आइतबार अपरान्हदेखि नै बादल लागिसकेको छ। तर वर्षा सोमबारदेखि सुरु हुने सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖