काठमाडौं । सार्वजनिक स्थानमा महिलाको तस्बिर खिचेको आरोपमा सशस्त्र प्रहरीका एक जना डिएसपी पक्राउ परेका छन् ।
स्वयम्भूमा रहेको एक रेस्टुरेन्टको शौचालयमा महिलाको तस्बिर खिचेको आरोपमा पोखरा बाहिनीमा कार्यरत डिएसपी तुलसिंह केसी पक्राउ परेका हुन् ।
महिलाको उजुरीपछि स्वयम्भू प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
