• Saturday 17th of October 2026

चुनावमा गठबन्धन नगर्ने गगनको प्रस्ताव देउवाले गरे अस्वीकार


  • धनकुटा खबर
  • .

काठमाडौं,७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा आजबाट सुरु हुने बैठक १० गतेसम्म जारी रहनेछ ।

कांग्रेसको महासमिति बैठकमा आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने महामन्त्ती गगनकुमार थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि मिलनबिन्दू खोज्न दुई नेताबीच छलफल जारी छ ।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएका कतिपय विषयवस्तुमा सभापति देउवा असन्तुष्ट छन्। मुख्यगरी गठबन्धन, विधान लगायतका विषय प्रतिवेदनमा राखिएको भन्दै त्यसलाई हटाउन सभापति देउवाले निर्देशन दिएका छन्। तर, महामन्त्री थापा तयार नभएपछि सोमबार बिहानैदेखि छलफल भइरहेको हो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ। उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन्। यद्यपि आजको छलफलमा महामन्त्री शर्मा भने सहभागी छैनन्।

आइतबार साँझ नै प्रतिवेदन संशोधनसहित प्रेसमा पठाउने तयारी भएपनि महामन्त्री थापा तयार भएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖