• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

झापामा चोरी भएको मोटरसाइकल पाँचथरमा भेटियो


  • धनकुटा खबर
  • .

झापाको मेचीनगरबाट तीन दिनअघि चोरी भएको एउटा मोटरसाइकल चोरसहित पाँचथरमा पक्राउ परेका छन् । बिहीबार बिहान प्र १–०१–०१२ प ३५४७ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकल पाँचथरको हिलिहाङ ५ जोरपोखरी बजारमा फेला परेको हो ।

बिहान ८ बजेको समयमा बिर्तामोड ६ बुट्टावारि बस्ने २७ वर्षीय योगेश मगरले चोरी गरी लैजाँदै गरेको सो मोटरसाइकल ट्राफिक प्रहरी पोस्ट गणेश चोक पाँचथर र प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको संयुक्त चेकिङ टोलीले पक्राउ गरेको हो ।

गत माघ २९ गते अन्दाजी ९ः४० बजेको समयमा मेचीनगर १३ मेट्रो पेट्रोल पम्पमा पार्किङ गरिराखेको किरण दाहालको सो मोटरसाइकल चोरी भएको थियो । मगरसहित मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीतर्फ ल्याउने आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖