• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

डीएसपी हुँ भन्दै गाडी चालकलाई थर्काउने श्रेष्ठ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं,७ फागुन । सार्वजनिक स्थलमा नैतिकता विरुद्धको कसुर गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौंको लाजिम्पाट सडक खण्डमा प्रहरीको डिएसपी हूँ भनेर अपशब्द बोल्दै सार्वजनिक हित, मूल्य, मान्यता र नैतिकताविरुद्दको कसुर गर्ने कामनपा ०४ चुनदेवी बस्ने ५२ वर्षको प्रविन श्रेष्ठलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

उनले ‘म डीएसपी हुँ, नागरिकता छ ?’ भन्दै मान्छे थर्काउँदै हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनी प्रहरी अधिकारी नभएको प्रहरीले जनाएको छ।

उनले एकजना सवारी चालकलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनलाई नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖