• Saturday 17th of October 2026

नामिबिया नेदरल्यान्डसँग पराजित हुँदा नेपाल लिग-२ को शीर्ष स्थानमा उक्लियो


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ को अंकतालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । टीयु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नामिबिया नेदरल्यान्डसँग ७ विकेटले पराजित भएसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

नामिबियाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले २७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्ड, नामिबियासँग दुई खेलमा समान २-२ अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा रहन सफल भएकाे छ ।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा नेदरल्यान्डलाई ९ विकेटले हराएको थियो । नेपालको रनरेट प्लस ०.९२० हुँदा नामिबियाको माइनस ०.२२० र नेदरल्यान्डको माइनस ०.६६६ छ । ३ वटै टीमले दुई खेल खेल्दा एक खेलमा जीत र अर्काे खेलमा हार व्यहोरेका छन् । नेपालले बुधबार नामिबियासँग दाेस्राे खेल खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖