• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

होटलमा लगेर नाबालिकामाथि बलात्कार


  • धनकुटा खबर
  • .

मोरङमा १७ वर्षीया नबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका-५ मिलनचोक बस्ने ४१ वर्षीय रविन गुरूङ पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो।

गुरूङले ती किशोरीलाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगेर बलात्कार गरेको उजुरी छ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖