• Saturday 17th of October 2026

एकीकृत समाजवादी स्याङ्जा इन्चार्ज, अध्यक्ष, सचिव र उपसचिव एमालेमै फर्किए


  • धनकुटा खबर
  • .

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्।

पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।

त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्।

उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖