• Saturday 17th of October 2026

अन्तत: गगनको प्रस्ताव मान्न देउवा तयार


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाले गरेको प्रस्तावमा सहमति जनाएका छन् ।

साेमबार साँझ थापाले गरेको प्रस्तावअनुसार नै प्रि पोल एलायन्स नगर्ने समेत बिषय समेटिएको सांगठनिक प्रस्तावमा देउवाले सहमति जनाएका हुन् ।

आज अन्य प्रस्तावसँगै सांगठनिक प्रस्ताव समेत सबै महासमिति सदस्यको हातमा पर्ने पक्का भएको केन्द्रिय सदस्य अजय बाबु शिवाकोटीले बताए ।

विधान अनुसार २०८२ मंसिर मसान्तभित्र १५ औं महाधिवेशन र २०८४मा ३ वटै तहको चुनावमा प्रि पोल एलायन्स नगर्ने थापाको प्रस्ताव थियो । यसअघि महामन्त्री थापाले कांग्रेसले एक्लै चुनाव लड्ने गरि ल्याएको प्रस्तावमा सभापति देउवा असहमत जनाएका थिए ।

कांग्रेस महासमिति बैठक सोमबार उद्घाटन गरिएको थियो। विहान सो विषयमा सहमति खोज्न देउवा निवासमा बसेको बैठकमा सहमति भएको थिएन । साझँ पदाधिकारीहरु उक्त प्रस्तावबारे छलफल गर्न ५ घण्टा देउवा निवासमा भेला भएका थिए ।

आज बिहान ९ बजेदेखि बैठकको बन्दसत्र शुरू सुरू हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖