• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

खानेपानीको अध्यक्षमा एमाले र गठबन्धनलाई पराजित गर्दै रास्वपाका उम्मेदवार विजयी


  • धनकुटा खबर
  • .

बुटवल । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् ।

चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी-एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ म पाए । नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए ।

अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुँदा गठबन्धन शून्य भएको छ ।

अधिकांश पदमा रास्वपाका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् । उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् ।

यसअघि तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा विजयी भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖