• Saturday 17th of October 2026

घाँटीमा छुरी रोपिएको अवस्थामा मृत व्यक्ति भेटिए


  • धनकुटा खबर
  • .

चितवन । खैरहनी नगरपालिका २ मा एक व्यक्ति बीभत्स रुपमा मृत भेटिएका छन् । स्थानीय २४ वर्षका कृष्णप्रसाद खनाल घाँटीमा छुरी रोपिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार उनको घाँटीमा छुरी रोपिएकै अवस्थामा छुरी सहित नै आज बिहान भेटिएका हुन् ।

घटनास्थलमा फ्लोरेन्सिक जाँचगर्ने चिकित्सकसहित प्रहरीको टोली रहेका छन् । घटनाको बाँकी विवरण भने अनुसन्धान पछि खुल्ने डिएसपी भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖