• Saturday 17th of October 2026

एमाले केन्द्रीय कमिटी बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।

बैठक केहीबेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो । बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्दैछन्।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा फागुन १० गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖