• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

धनकुटा लजमा एक व्यक्ति मृत फेला


  • धनकुटा खबर
  • .

विराटनगर । मोरङको बेलबारी–५ कसेनीका २० वर्षीय अजयकुमार भगत विराटनगर बसपार्कको धनकुटा लजमा मृत अवस्थामा फेला परेका छन् ।

सोमबार दिउँसो बसपार्क पूर्वतर्फको लजमा कोठा लिएर बसेका भगत मंगलबार बिहान घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार घटनास्थल सुरक्षित गर्दै थप अनुसन्धानको विषय सुरु गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।-ओबी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖